समाचार

    २०७७-०२-१९     ०  बिचार / प्रतिक्रिया

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् ।

ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom