राजनीति

    २०७७-०४-१९     ०  बिचार / प्रतिक्रिया

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित

आन्तरिक विवाद समाधान नभएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको थियो ।

सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । साथै दुवै पक्षले आ-आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए ।

कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom