समाचार

    २०७७-०४-१९     ०  बिचार / प्रतिक्रिया

नक्कली कागजात बनाएर अर्कैले ट्रायल दिने गरेको खुलासा, २ जना नियन्त्रणमा

नक्कली कागजात बनाइ फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने गरेको खुलासा भएको छ । ट्राफिक प्रहरी महाशाखाको टोलीले यस्तो कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।

त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र जिल्ला प्रशासन कार्यालय बाँके उल्लेख भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।

त्यसैगरी यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom