अर्थ

    २०७७-०२-२२     ०  बिचार / प्रतिक्रिया

महालक्ष्मी विकास बैंक लि. द्वारा पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका निजगढ र बानेश्वर शाखाले मिति २०७६/०८/२१ गते शनिबार पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् । 
निजगढ शाखाले निजगढ न.पा. वडा नं १० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरु साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी गुम्वा व्यवस्थापन समितिका अध्यक्ष्य श्री भिम बहादुर भोलन ज्युलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो । 
बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव श्री सुदर्शन कोइराला ज्युलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै  प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom