अर्थ

    २०७६-१०-१३     ०  बिचार / प्रतिक्रिया

महालक्ष्मी विकास बैंक लि. सानो भर्र्याङ शाखाको औपचारिक समुद्घाटन
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भर्र्याङ शाखा कार्यालयको मिति २०७६/०८/२३ गते सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगोल ज्यू र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य श्री रुपेन्द्र पौडेल ज्युले संयुक्त रुपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
 
बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो । 
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom