समाचार

    २०७६-१०-१३     ०  बिचार / प्रतिक्रिया

कपिलवस्तुमा कार दुर्घटना, ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु

कपिलवस्तुको बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको उक्त निजी कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर थिए।

बिहेका लागि जाँदै गर्दा बिहान सवा ८ बजेतिर उनको कार दुर्घटना भएको हो।

कार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ। अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom