समाचार

    २०७७-०६-१५     ०  बिचार / प्रतिक्रिया

एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

 पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । मृतक दुवैको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom