खेलकुद

    २०७७-०२-१९     ०  बिचार / प्रतिक्रिया

पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ ।

सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

रोहितकुमार पौडेल १५ र पवन शरार्फ १० रनमा अविजित रहे

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom