समाचार

    २०७७-०६-१५     ०  बिचार / प्रतिक्रिया

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom