समाचार

    २०७७-०६-१५     ०  बिचार / प्रतिक्रिया

उर्जा क्षेत्रमा एम.भी.दुगड़ ग्रुपको एक नयांँ फड्को
सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत  औद्योगिक घराना एम.भी.दुगड़ ग्रुप द्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणाधिन रहेकोमा त्यस मध्येको सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रा.लि.द्धारा निर्माणाधिन २९.४ मेगावाट विद्युत क्षमताको लिखु- A जलविद्युत आयोजनाको २.५ किलोमिटरको सुरुङ्ग तथा सवै भूमीगत संरचनाहरुको निर्माण कार्य कम्पनीका कर्मचारीहरुको अथक परिश्रमका साथ ८ महिना भित्रै सम्पन्न भएको छ । जलविद्युत आयोजना निर्माणको इतीहासमा यती लामो सुरुङ्ग छोटो समयमा पूरा भएको यही होला । नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, स्थानिय प्रशासन, सरकारी र गैह्सरकारी निकायहरु, स्थानिय जन समुदायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, कम्पनीका कर्मचारीहरु लगायत सम्पूर्ण वर्गको सदाझै  कम्पनीले आवश्यक सहयोग, सदभाव र माया पाएमा लिखु- A जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगावै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने छ र यसका लागी नै कम्पनीका कर्मचारीहरु अहोरात्र खटिरहेका छन् । 
 
त्यस्तै गरी लिखु नदीमा एम.भी.दुगड़ ग्रुप द्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु- २  र ७७ मेगावाट क्षमताको  लिखु- १  जलविद्युत आयोजनाहरु समेतको रातदिन गरी दु्रत गतिमा निर्माण कार्य भईरहेको एम.भी.दुगड़ ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगड़ बताउनु हुन्छ । यसरी एम.भी.दुगड़ ग्रुप द्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडीत क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुंच मार्ग लगायत स्थानिय जनसमूदायहरु समेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फुट चौडा र १२ ह्रै महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयां सडक लगायत सडकको स्तर उन्नती समेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ र कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समीसन लाईन आफ्नै खर्चमा निर्माण गरी एक उदाहरणिय कार्य समेत गरेको छ । यी परियोजनाहरुमा  “विदेशी प्रत्यक्ष लगानी ” ( FDI ) समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा कारवाही समेत चलीरहेको छ ।

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom