बजार

    २०७७-०२-२२     ०  बिचार / प्रतिक्रिया

सुन र चाँदीको भाउ घट्यो

सुन र चाँदीको भाउ मंसिर १९ गते बिहीबार घटेको छ। अघिल्लो दिन बुधबार उच्च रुपले बढेको सुन तथा चाँदीको भाउ बिहीबार फेरि घटेको हो।

यसदिन छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार २०० र तेजाबी सुन प्रतितोला ७१ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

बिहीबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

अघिल्लो दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८६५ रुपैयाँमा खरीद बिक्री भएको थियो।

 


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom