राजनीति

    २०७७-०४-२७     ०  बिचार / प्रतिक्रिया

विप्लव समूहका युवा सचिव पक्राउ

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

सुनार गलकोट नगरपालिका–४, भयरखर्कका हुन् ।

पक्राउ परेका सुनारमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom