खेलकुद

    २०७७-०३-२७     ०  बिचार / प्रतिक्रिया

साइक्लिङमा नेपालले दुई स्वर्ण जिते

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।

बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् ।

नेपाललाई बुधबार नै कराँतेमा अनुपमा मगर र उसुमा दीपक हमालले स्वर्ण पदक दिलाएका छन् । मंगलबारसम्म नेपालले २३ स्वर्ण पदक जितेको थियो ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom