खेलकुद

    २०७७-०३-२७     ०  बिचार / प्रतिक्रिया

महिला क्रिकेट प्रतिस्पर्धामा बंगलादेशविरुद्ध ५० रनमा समेटियो नेपाल

१३ औं साग अन्तरगत नेपाल र बंगलादेशबीचको महिला क्रिकेट टिम अहिले पोखरामा प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० रनमै समेटिएको छ ।

१९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् ।

त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए । आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार गर्‍यो भने छक्का प्रहार गर्न सकेन ।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom