समाचार

    २०७६-०८-२५     ०  बिचार / प्रतिक्रिया

फस्र्ट माइक्रोफाइनान्सद्धारा साझेदार संस्थालाई तालिम
 
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर काठमाण्डौले यहि २०७६ मंसिर १० र ११ गतेका दिन मोरंग जिल्लाको सुन्दर हरैचा साझेदार सहकारी संस्थाहरुका कर्मचारीहरुलाई दुई दिने भाखा नाघेको ऋण व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम आयोजना गरेको थियो । उक्त तालिम कार्यक्रममा ४ जिल्लाका ३२ सहकारी संस्थाका ५४ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री भेषराज पन्थीले सहभागीहरुलाई स्वागत गर्दै  साझेदार सहकारी संस्थाका लागि भाखा नाघेको ऋण व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम संचालन गर्नुको आवश्यकता तथा उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । तालिम कार्यक्रमको पहिलो दिनमा श्रोत व्यक्तिको रुपमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानेले सहकारीमा भाखा नाघेको ऋण व्यवस्थापन विषयमा, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगरका, सहकारी शाखा प्रमुख श्री राम प्रसाद चापागाईले सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण ऐन सम्बन्धमा, सहारा नेपाल साकोस, झापाका वरिष्ठ विभागीय प्रमुख श्री इश्वर प्रसाद भट्टराईले साहारा नेपाल साकोसको ऋण विश्लेषणको अभ्यास सम्बन्धमा, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का उर्लावारी शाखा प्रमुख श्री हिरामणी सिलवालले सहकारीमा ऋण भाखा नाघ्नुका कारणहरु र मेची सहकारी संस्था लि. दमक, झापाका व्यवस्थापक श्री खोम प्रसाद वगालेले मेची सहकारीमा भाखा नाघेको ऋण व्यवस्थापनका अभ्यास सम्बन्धमा सहजीकरण  गर्नु भएको थियो । त्यसै गरि तालिमको दोश्रो दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत श्री भेषराज पन्थीले धितो लिलाम सम्बन्धी व्यवस्था र नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक श्री रोशन कुमार सिग्देलले सम्पत्ति शुद्धिकरण निवारण ऐनको अवधारणा र सो को मुख्य पक्ष र प्रभावका वारेमा सहजीकरण गर्नु भएको थियो । तालिमको मूल्याङ्कन गर्ने क्रममा सहभागीहरुले सहकारीमा भाखा नाघेको ऋण व्यवस्थापनका लागि  तालिम निकै उपलब्धी मुलक भएको र सम्पत्ति शुद्धिकरण सम्बन्धी जानकारी पाएर लाभान्वित भएको  विचार व्यक्त गरेका थिए ।

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

नयाँ अपडेट

थप समाचार  »

bottom