राजनीति

    २०७६-०८-२९     ०  बिचार / प्रतिक्रिया

काम भएको छैन भन्नेहरुलाई प्रधानमन्त्रीले आँखा खोलेर हेर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले काम भएन भनेर सरकारको आलोचना गर्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशै, तिहार, नेपाल संवत तथा छट पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ गतिका साथ देशलाई अघि बढाएको बताए । 

उनले सरकारले केही पनि गरेन भनेर हल्ला गर्नेहरुलाई सरकारको कामले केही फरक पर्यो कि परेन भनेर बुढाबुढीलाई सोध्न आग्रह गरे । उनले सरकारले १ सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेपछि प्रत्येक नेपालीको बैंक खाता भएको बताए । 

नेपालको पानी, जनताको लगानी कार्यक्रम गरिरहेको, तुइन बिस्थापन गरी झोलुंगे पुल निर्माण भइरहेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार हुँदै गएको ७२ अरब बैदेशिक लगानी ७६ अरब पुगेको समेत प्रधानमन्त्री ओलीले उल्लेख गरे । 

उनले संविधानमा भएको मौलिक हकलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको, साना ठूला देशहरुसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको बताउँदै केही भएन भनेर हल्ला गर्नेहरुको पछाडि लाग्न नहुने बताए । 

 

उनले दशैं तिहार लगायतका नेपालका चाडपर्वहरु, सांस्कृतिक उत्सवहरु आपसी सम्बन्ध बलियो बनाउनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सबै भूगोलमा बस्ने विभिन्न जातजातीलाई एकताबद्ध गरिरहेको बताए । नेपाली चाडपर्वहरुको सामाजिक महत्व रहेको बताउँदै प्रधानमन्त्री ओलीले टाढा टाढाबाट आफन्त घर फर्किएर आउने, कटुताहरु अन्त्य भई सम्बन्ध बलियो हुने उल्लेख गरे । 


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom