काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङको परीक्षा दिने/लिने नै विद्यार्थी!
शिक्षा
२०७६-०८-२५ ० बिचार / प्रतिक्रिया
काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङको परीक्षा विद्यार्थीले चलाएका छन्।
शुक्रबार बिहान ११ देखि २ बजेसम्म भएको स्नातक तहको परीक्षामा स्नातकोत्तर तहका विद्यार्थी गार्ड बसेका थिए।
विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएपछि विद्यार्थीलाई नै गार्ड राखेर परीक्षा सञ्चालन गर्नु परेको एक प्राध्यापकले जानकारी दिए।
‘केयूले अहिलेसम्म परीक्षामा कर्मचारी पनि गार्ड राखेको थिएन। आज अचम्मै भयो, विद्यार्थीको जाँचमा विद्यार्थी नै गार्ड बसे,’ एक प्राध्यापकले सेतोपाटीसँग भने, ‘परीक्षा लिने/दिने नै विद्यार्थी।’
परीक्षामा एक हजार दुई सय विद्यार्थी सहभागी रहे भने ३२ जना विद्यार्थी गार्ड बसे।
विद्यार्थीलाई नियमविपरीत गार्ड राखेपछि वैधानिकताको प्रश्न उठेको प्राध्यापकको दाबी छ।
‘फाइनल परीक्षा प्राध्यापकबिना नै विद्यार्थी राखेर सञ्चालन गरियो,’ उनले भने, ‘परीक्षाको विश्वसनियता के? कक्षा कार्य गरेजस्तो होइन अन्तिम परीक्षा।’
३० जनाभन्दा बढी विद्यार्थी राखेको कक्षामा तीन जना विद्यार्थी गार्ड बसेका थिए।
विश्वविद्यालयका पदाधिकारी स्वेच्छाचारी बन्दै गएको, उपप्राध्यापकलाई स्थायी प्रक्रियामा लैजाँदा मनोमानी भएको र कार्यकारी परिषदमा मनलाग्दी ढंगले सदस्य नियुक्त गरेको भन्दै प्राध्यापक आन्दोलनमा छन्। गत आइतबार रजिष्ट्रारले एकुमाया पुनलाई परिषदमा नियुक्त गरेपछि झन् आन्दोलन चर्किएको थियो।
‘रामप्रसाद घिमिरेलाई सदस्य बनाउनुपर्छ भन्ने प्राध्यापकको माग हो,’ उनले भने, ‘आफ्नो प्रतिनिधि आफैं छान्न पाउनुपर्छ भन्दै प्राध्यापक आन्दोलनमा थिए।’
नेपाल प्राध्यापक संघ, काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले बिहीबार विश्वविद्यालयले पटकपटक गर्दै आएका सम्झौताको कार्यान्वयन नगरेको आरोप लगाएको थियो। सभापति वेदमणि दाहाल र महासचिव विकास अधिकारीले जारी गरेको विज्ञप्तिमा ‘पटकपटक गरेका सम्झौताको कार्यान्वयनमा विश्वविद्यालयले इमान्दारिता नदेखाएकोले परीक्षामा सहभागी नहुने निर्णय भएको’ उल्लेख छ।
डिनहरूको कार्यशैली विश्वविद्यालय प्रशासनको पक्षपोषण गर्ने मात्रै देखिएको भन्दै प्राध्यापकले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङका डिन कार्यालय बन्द गरेका छन्।
‘विश्वविद्यालयले प्राध्यापकलाई सरोकारवालासमेत नठानेको ठहर गर्दै परीक्षामा सहभागी नहुने निर्णय गरियो। परीक्षा सञ्चालन गर्न परीक्षा सञ्चाल समिति र विश्वविद्यालयलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। आन्दोलनरत प्राध्यापककै सुझाबमा विश्वविद्यालयले विद्यार्थी गार्ड राखेर परीक्षा सञ्चालन गरेको हो।
#
Your view / comment
बिचार / प्रतिक्रिया
लोकप्रिय
साइक्लिङमा लक्ष्मीले दिलाइन स्वर्ण
सुन र चाँदीको भाउ घट्यो
सुनको मूल्य ८०० ले बढ्यो
साइक्लिङमा नेपालले दुई स्वर्ण जिते
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
कराँते खेलाडी अनुपमाले जितिन् स्वर्ण

नयाँ अपडेट
आज कति छ सुनचाँदीको मूल्य ?
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


About WB
WB Nepal is a online news portal of WB Advertising and Marketing Consultancy Pvt. Ltd which specializes in Marketing Consultancy, Marketing Services, web based design, development and strategic services.
Quick Links
© Copyright WB Advertising & Marketing Consultancy. IT Partner: Connect Nepal
फेसबुकबाट तपाईको प्रतिक्रिया