कर्पोरेट

    २०७६-०८-२५     ०  बिचार / प्रतिक्रिया

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बीच सम्झौता सम्पन्न
नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित श्री राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी श्री मुक्तिनाथ विकास बैंक लिमिटेडबीच यहि २०७६ आषाढ २२ गते आइतबारका दिन एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता सम्पन्न गरिएको छ । यस सम्झौता अनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाइ प्राथमिकता दिई गर्न लागिएको बताइएको छ । यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुन सक्नेछन् । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. श्री डिल्ली राज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । 
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
 

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

नयाँ अपडेट

थप समाचार  »

bottom