सूचना-प्रबिधि

    २०७६-१०-१३     ०  बिचार / प्रतिक्रिया

फेसबुकमा आयो ‘म्यासेज डिलेट’ गर्ने नयाँ फिचर, १० मिनेटमा म्यासेज डिलेट हुने
एजेन्सी – फेसबुकले ‘म्यासेज डिलेट’ गर्ने नयाँ फिचर बजारमा ल्याएको छ । हिजो मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर बजारमा ल्याएको हो ।
 
यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए ।
 
यसरी गर्न सकिन्छ म्यासेज डिलेटः
 
–फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने खालको म्यासेज गए । त्यस म्यासेज तपाईले दश मिनेट भित्र डिलेट गर्नसक्नु हुनेछ । यसरी डिलेट भएको म्यासेज पहिले जस्तो अर्को प्रयोगकर्ताले देख्ने छैनन् ।
 
–डिलेट गर्न चाहेको म्यासेज दश मिनेट भित्र क्लिन गर्नुहोस् ।
 
– त्यहाँ रिमुभ अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् ।
 
–त्यहाँ रिमुभ फर यू र रिमुभ फर इभरीवन अप्सन देखिनेछ ।
 
–रिमुभ फर इभरीवनमा क्लि गर्नुहोस् ।
 
–म्यासेज सबैका लागि डिलेट हुनेछ ।

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom