यूनिभर्सल पावर कम्पनीले आइपिओ जारी गर्ने
शेयर बजार
२०७६-०८-२९ ० बिचार / प्रतिक्रिया
काठमाडाँै, ६ पुस ।
यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।
आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही मङ्सिर १५ देखि २९ गतेसम्म शेयर आवेदन गर्न सक्नेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
आयोजना प्रभावित बाहेक ७५ लाख ६१ हजार २६० कित्ता साधारण शेयरको पाँच प्रतिशत अर्थात् तीन लाख ७८ हजार ६३ कित्ता सामूहिक लगानी कोष र एक लाख ५१ हजार २२५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।
त्यस्तै बाँकी सात करोड ३१ लाख ९७२ कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्टयाइएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको धितोपत्र निष्कासन बन्द भएपछि बिक्री नभएको शेयर समावेश गरी सर्वधारणका लागि शेयर बिक्री खुल्ला गर्ने जनाएको छ । कम्पनीले गत मङ्सिर २७ गते नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीले निष्कासन गर्ने शेयरलाई ईक्रा नेपाल लिमिटेडले आइपिओ ग्रेड चार प्रमाणपत्र प्रदान गरेको छ । उक्त कम्पनीले दोलखामा रु २०४.६ करोडको लागतमा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनामा निर्माण गरिरहेको छ । (रासस)
#
Your view / comment
बिचार / प्रतिक्रिया
लोकप्रिय
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
आज कति छ सुनचाँदीको मूल्य ?
ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
सुनचाँदीको मूल्य घट्यो

नयाँ अपडेट
आज कति छ सुनचाँदीको मूल्य ?
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


About WB
WB Nepal is a online news portal of WB Advertising and Marketing Consultancy Pvt. Ltd which specializes in Marketing Consultancy, Marketing Services, web based design, development and strategic services.
Quick Links
© Copyright WB Advertising & Marketing Consultancy. IT Partner: Connect Nepal
फेसबुकबाट तपाईको प्रतिक्रिया