मनोरञ्जन

    २०७६-०८-२५     ०  बिचार / प्रतिक्रिया

क्रिसमस इभमा 'तेरा घाटा' का गायक नेपाल आउदैं
काठमाडौँ, पुष ५ ।
चर्चित गीत ’तेरा घाटा’ का भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनि क्रिसमस इभ अर्थात डिसेम्बर २४ को लागि काठमाडौँ आउन लागेको हो। ’गजेन्द्र वर्मा लाइभ इन नेपाल’ नाम दिईको सांगीतिक कार्यक्रममा सहभागी हुन १५ सय , २५ सय र ३५ सय दरको टिकेट रहेको छ ।
 
कभर गायन मार्फत सांगीतिक दुनियामा उदाएका गजेन्द्रले मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा हुन लागेको कार्यक्रम ’गजेन्द्र वर्मा लाइभ इन नेपाल’ मा लाईभ प्रस्तुती दिने छन् । उक्त कार्यक्रम काठमाण्डौ स्थित क्लब डेजाभू हुनेछ । गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहा जहा लगायतका कभर गीतहरु चर्चित रहे पनि उअन्लाई 'तेरा घाटा' ले नै दर्शक तथा श्रोताले रुचाएको भन्ने गरिन्छ ।
 
 
गजेन्द्रले भिडियो संदेश पठाउदै आफु नेपालमा आउँन लाग्दा खुसि लागेको बताएका छन् । उनि सोमबार नेपाल आउने छन् र काठमाण्डौको प्रस्तुति सकेर धरान लाग्नेछन् । उनले लाइभ प्रस्तुतिको क्रममा विशेषगरी गीतसंगीत मार्फतनै  दर्शकलाई मनोरंजन दिनेछन । 
 
 ’क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ’ आयोजक मध्यका एक सुमित सिग्देलले भन्नुभयो । ’गजेन्द्रजी नेपाल आउने कुरामा उनका फ्यानहरु हर्षित भैरहेका समेत उहाँले बताउनुभयो ।’ 
 


#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

नयाँ अपडेट

थप समाचार  »

bottom