कर्पोरेट

    २०७६-०८-२९     ०  बिचार / प्रतिक्रिया

ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
काठमाडौँ, पुष ५ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हिजो एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको हो । 
 
रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन । उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । 
 
दोहा बैंक, कतारमा रहेका बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन । रातो पाटी

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom