मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड
शेयर बजार
२०७६-०८-२९ ० बिचार / प्रतिक्रिया
काठमाडौँ, ४ पुस ।
मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।
कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् ।
पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको शेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र चार हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता शेयर बाँडफाँड भएको छ ।
एक लाख ३९ हजार ८०० सञ्चयकर्ताले साधारण शेयरका लागि आवेदन गरेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जसमध्ये एक लाख ३९ हजार ७७८ आवेदन मात्र स्वीकृत भएको थियो ।
दोस्रो चरणमा निष्कासन गरिएको शेयर संस्थापक सङ्गठित संस्थाका ५७३ कर्मचारीले ५० देखि २५० कित्ता माग गर्नेले माग गरेअनुसारकै शेयर पाएका छन् । २६० देखि ५०० कित्ता माग गर्ने सात हजार ८६६ जनामध्ये छ हजार १५४ जनाले २५० कित्ता र एक हजार ७१२ जनाले गोलाप्रथाको माध्यामबाट थप १० कित्तासहित २६० कित्ता शेयर पाएका छन् ।
संथापक स¬ङ्गठित संस्था नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका आठ हजार ४३९ कर्मचारीले शेयर आवेदन गरेका थिए ।
कम्पनीले सञ्चयकर्ताका लागि गत कात्तिक २८ देखि मङ्सिर १४ गतेसम्म र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि गत मङ्सिर १९ देखि २६ गतेसम्म खरिद आह्वान गरेको थियो ।
(रासस)
#
Your view / comment
बिचार / प्रतिक्रिया
लोकप्रिय
आजदेखि १३ औं सागमा जुडो शुरु हुँदै
आज कति छ सुनचाँदीको मूल्य ?
ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
सुनचाँदीको मूल्य घट्यो

नयाँ अपडेट
आज कति छ सुनचाँदीको मूल्य ?
पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जित्यो
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


About WB
WB Nepal is a online news portal of WB Advertising and Marketing Consultancy Pvt. Ltd which specializes in Marketing Consultancy, Marketing Services, web based design, development and strategic services.
Quick Links
© Copyright WB Advertising & Marketing Consultancy. IT Partner: Connect Nepal
फेसबुकबाट तपाईको प्रतिक्रिया