सूचना-प्रबिधि

    २०७६-०८-२९     ०  बिचार / प्रतिक्रिया

बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध
बैतडी, ३ पुस  ।
सोमबार रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा अवरुद्ध भएको हो । 
 
मोबाइल सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका हजारौँ ग्राहकलाई समस्या हुनुका साथै सञ्चारविहीन भएका छन् ।
 
कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा कार्यरत सुरक्षागार्ड  चन्द्रदेव भट्टको स्टेशनमै करेन्ट लागेर मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएकाले टावरको बिटीएस चार्ज हुननसकेको बैतडीका टेलिकम प्रमुख सुरत  खड्काले बताउनुभयो ।
 
उहाँले कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको जानकारी दिनुभयो |

#  

Your view / comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

बिचार / प्रतिक्रिया

No comment yet. Be the first one to comment.

लोकप्रिय

थप समाचार  »

नयाँ अपडेट

थप समाचार  »

bottom